‘हाम्रो माया घर’ गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

‘हाम्रो माया घर’ गीत सार्वजनिक (भिडियोसहित)

शनिबार २४, साउन २०७७

इटहरी । तिज नजिकिदै गर्दा तिजका गीतहरु सार्वजनिक हुने क्रम बढिरहेको छ । सोही क्रममा इटहरीमा रहेको माया घरलाई ‘हाम्रो माया घर’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा सडकमा हिड्दै गरेकी एक गर्भवति महिलालाई माया घरका सञ्चालकहरुले उद्दार गरेर लगेको र अब माया घरलाई नै माइति मानेर दुःख भुल्दै त्यही बस्न आग्रह गरिएको छ । गीतको भिडियो माया घरमा बस्दै आएका सम्पूर्णलाई देखाइन खोजिएको छ । गीत निकै मार्मीक छ ।

यस गीतमा गंगा गौतम आचार्य, अप्सरा विष्ट, रमेश आचार्य र सुशील भट्टराईको आवाज सुन्न सकिन्छ । गंगा र तारा भट्टराईको शब्द रहेको गीतमा तारा, राधिका दासी, रमेश आचार्य र राधिका कार्की थापाको अभिनय देख्न सकिन्छ ।

इटहरीमा रहेको माया घरले हालसम्म थुप्रै सडक बालबालिका, महिलाहरु, वृद्ध र मानसिक समस्या भएकालाई उद्दार गरिसकेको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • बिमला आचर्य घिमिरेलेख्नुहुन्छ
  • |
  • आइतबार २५, साउन २०७७
धेरै राम्रो सब्द अनि आवाज छ,,मायाघर ले गर्ने गरेको कार्य अनि सेवा लाई उजागर गरिएकोछ ,सडक मा जीवन बिताउदा को भोगाइ अनि समस्या छर्लङ्ग भएको छ,,जो सडक मा जीवन बिताउन बाध्य छन जस्को आफ्नो कोहि छैन उनिहरुको जन्मदाता को रुपमा मायाघर लाई देखाएको छ जहाँ आमाको माया स्नेह ममता पाइन्छ,,,,,मायाघर को यो पहिलो प्रस्तुती ले सफल्ता पाओस यहि कामना साथमा माया घर अनि यो गीत को सम्पुर्ण टिम प्रती हर्दिक हार्दिक नमन्🙏 आउदै गरेको महान पर्व हरितालिका तीज को सबैलाइ सुभकामना,,,🌹🌹🌹🌹🌹🌹जय मायाघर