विश्वकै तेस्रो खर्बपति बने मार्क जुकरबर्ग

Newslaya Home

विश्वकै तेस्रो खर्बपति बने मार्क जुकरबर्ग

शनिबार २४, साउन २०७७

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग खर्बपति बनेका छन् ।

बिहीबार पहिलो पटक उनको नेटवर्थ १ खर्ब डलरमाथि पुगेको हो । योसँगै जुकरबर्ग विश्वको तेस्रो खर्बपति बनेका छन् । उनीभन्दा अगाडि अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका सीईओ जेफ बेजोस र अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टमा संस्थापक बिल गेट्स रहेका छन् ।

फेसबुकले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकसँग प्रतिस्पर्धा गर्न अमेरिकामा इन्ष्टग्राममा रिल नामक फिचर लञ्च गरेको थियो यो खबर लगत्तै फेसबुकको शेयरमा उच्च वृद्धि भएर जुकरबर्गको नेटवर्थ बढ्यो ।

फेसबुकमा जुकरबर्गको १३ प्रतिशत शेयर छ । अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार शुक्रवार जुकरबर्गको नेटवर्थ १ अर्ब १६ करोड डलर बढेर १ खर्ब २ अर्ब डलर छ ।

यस वर्षको अहिलेसम्मको अवधिमा जुकरबर्गको सम्पत्ति २२ अर्ब डलर बढेको छ । सूचकअनुसार शुक्रवार बेजोस र बिल गेट्सको नेटवर्थ भने क्रमशः १ खर्ब ८७ अर्ब र १ अर्ब २१ अर्ब डलर रहेको छ ।

सूचकअनुसार यस वर्षको अहिलेसम्मको अवधिमा बेजोसको नेटवर्थ ७२ अर्ब १० करोड डलर बढेको छ भने गेट्सको नेटवर्थ ७ अर्ब ५१ अर्ब डलर बढेको छ ।