सांग्रिला बैंकले ल्यायो घर कर्जा योजना

Newslaya Home

सांग्रिला बैंकले ल्यायो घर कर्जा योजना

शनिबार २४, साउन २०७७

इटहरी । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ ।

यस घर कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सकिने छ । प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठका अनुसार यस कर्जा अन्तर्गत ग्राहकलाई रु.५०,००० को कोरोना बीमा तथा रु.५००,००० सम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।

मुलुकभर सांग्रिला बैंकको ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन छन् ।