आरोपित कर्मचारीले राजिनामा दिए, एसओएसले भन्यो, ‘युवतीको साहसको प्रसंसा गर्छौं’

Newslaya Home

आरोपित कर्मचारीले राजिनामा दिए, एसओएसले भन्यो, ‘युवतीको साहसको प्रसंसा गर्छौं’

शनिबार २४, साउन २०७७

इटहरी । यौन दुव्र्यवहारको आरोप लागेका एसओएस विद्यालय इटहरीका शिक्षक दामोदर बरालले शुक्रबार नै राजिनामा दिएको विद्यालयले जानकारी दिएको छ ।

शनिबार विज्ञप्ती जारी गर्दै एसओएस चिल्ड्रेन भिलेजकी सञ्चार अधिकृत दीपा ओलीले यस्तो जानकारी दिएकी हुन् । विज्ञप्तीमा रेजाको साहसको प्रसंसा गरिएको छ ।

एसओएस स्कुलले विद्यालयसँग सम्बन्धित शिक्षक, कर्मचारी वा कोही व्यक्तिको विषयमा सुचनाहरु भए दिनसमेत आग्रह गरेको छ । आफूहरु यौन दुव्र्यवहारको विषयमा शुन्य सहनशील रहेको उल्लेख गर्दै सुचना दिनेको परिचय गोप्य राखिनेसमेत विज्ञप्तीमा स्पष्ट पारिएको छ ।

यता बराललाई नजिकबाट चिन्नेहरुलेसमेत उनको नियत राम्रो नदेखिएको प्रतिक्रिया दिएका छन् । ‘बालिकाहरुको सर्टको बटन बिचको ग्यापबाट हात छिराएर भित्रि लगाएको छ कि छैन भन्दै जाँच्ने काम गर्थे,’ एसओएसका एक पुर्व विद्यार्थीले भने ।

आफूमाथि सानैदेखि नै अंकल पर्ने दामोदर बरालले दुव्र्यवहार गरेको र डिप्रेसनमा समेत परेको रेजाले एउटा पोष्टमार्फत् खुलासा गरेकी थिइन् । उनको उक्त पोष्ट निकै भाइरल भइरहेको छ । शिक्षकलाई कारवाही गर्नुपर्ने माग उठिरहेको छ ।

आफूमाथिको दुव्र्यवहारको घटना खोल्ने इटहरीकी रेजाको पोष्ट भाइरल, सबैले गरे कारवाहीको माग