ओखलढुंगाबाट जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

Newslaya Home

ओखलढुंगाबाट जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

शनिबार २४, साउन २०७७

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका–५ जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन् ।

२०७६ माघ २४ गते सोही गाउँपालिका ४ यसम भन्ने ठाउँमा ४५ बर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेका लिखु–५ बस्ने ५० बर्षीय रिकबहादुर थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।