झापामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Newslaya Home

झापामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

शनिबार २४, साउन २०७७

झापा । झापाको गौरीगंज गाउँपालिका–३ बाट जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

३६ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा गौरीगंज–३ बस्ने ३३ बर्षीय अरुण राजबंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।