आफूमाथिको दुव्र्यवहारको घटना खोल्ने इटहरीकी रेजाको पोष्ट भाइरल, सबैले गरे कारवाहीको माग

Newslaya Home

आफूमाथिको दुव्र्यवहारको घटना खोल्ने इटहरीकी रेजाको पोष्ट भाइरल, सबैले गरे कारवाहीको माग

शनिबार २४, साउन २०७७

इटहरी । इटहरीकी एक युवतीले बाल्य अवस्थादेखि शिक्षक तथा आफ्नै अंकलबाट भोगेको यौन दुव्र्यवहारको घटना सार्वजनिक गरेकी छिन् । शुक्रबार सार्वजनिक घटना कयौं पटक शेयर भएका छन् ।

रेजा न्यौपानेले आफूलाई आफ्नै अंकल तथा शिक्षकले सानैदेखि कसरी दुव्र्यवहार गरे भन्ने विभिन्न घटनाहरु जोडेर सार्वजनिक गरेकी छिन् । इन्स्टाग्राममा सार्वजनिक उक्त कथालाई फेसबुक, ट्वीटरहरुमा समेत धेरैले शेयर गरेका छन् ।

उनले आफू कक्षा १–२ मा पढ्दादेखि नै दुव्र्यवहारको शिकार भएको बताएकी छिन् । उनले दामोदर बराल नाम भएका अंकलले संवेदनशील अंग चलाउने गरेको बताएकी छिन् । उनी इटहरीस्थित एसओएस बालग्राम मा अध्यापन गर्छन् ।

आफन्त पर्ने भएकोले सानैदेखि नजिक रहेका अंकलले विभिन्न समयमा दुव्र्यवहार गरेको बताउँदै उनले आफूलाई ब्ल्याकमेलसमेत गरिएको बताएकी छिन् ।

दुव्र्यवहारका घटनाले गर्दा आफू डिप्रेसनमा गएको बताउँदै उनले ती शिक्षकलाई कारवाही गर्न माग गरेकी छिन् । अरु धेरै विद्यार्थी पनि दुव्र्यवहारमा परेको हुनसक्ने बताउँदै उनले डराउने होइन, सबै उसको विरुद्ध उभिनुपर्ने भनेर लेखेकी छिन् ।

‘धेरै मानिस सोच्छन् कि यो अध्याँरोमा वा सार्वजनिक ठाउँमा हुन्छ भन्ने सोच्छन्, तर यस्तो काम हाम्रो परिवारमा हाम्रो आफन्तहरुबाटै भइरहेको छ,’ उनले भनेकी छिन् ।

उनले अंकलको छोराले पनि आफूलाई दुव्र्यवहार गर्न खोजेको बताएकी छिन् ।

उनले लेखाइको अन्तीममा दामोदर बराल नामक फेसबुक प्रोफाइलको फोटो हालेकी छिन् ।

पोष्ट पढेर धेरैले उनको साहसको प्रसंसा गरेका छन् । साथै शिक्षकलाई कारवाही गर्न माग गरेका छन् । सोही स्कुलकी एक विद्यार्थी पुजा पौडेलले पनि गलत भएको आफूले अनुभव गरेको लेखेकी छिन् ।

विद्यालयले पनि ती शिक्षकलाई कारवाही गर्ने तयारी गरिरहेको बताइएको छ ।

(सच्याइएको : बालिका एसओएस स्कुलको विद्यार्थी नभएकोले भुल सुधार गरेका छौं । -सम्पादक)

1 प्रतिकृयाहरू प्राप्त
  • Dinesh Kumar Poudelलेख्नुहुन्छ
  • |
  • शनिबार २४, साउन २०७७
मलाई थाहा भएसम्म पीडित भनिएकी विद्यार्थी सो स्कुलकी छात्रा होइनन् । तिनले त्यस स्कुलमा एक दिन पनि पढेकी होइनन् जस्तो लाग्छ ।