कोशी अस्पतालमा मृत्यु भएका पुरूषमा कोरोना पुष्टि

Newslaya Home

कोशी अस्पतालमा मृत्यु भएका पुरूषमा कोरोना पुष्टि

शनिबार २४, साउन २०७७

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा शुक्रबार (हिजो) बिहान ज्यान गुमाएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । उनको शवलाई आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

हिजो विहान अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेको मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको थियो । ३ बजे आएको रिपोट अनुसार पोजेटिभ देखिएको छ ।

कोशी अस्पतालमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने विराटनगरका मात्र ३ जनाको मृत्यु भएको छ ।