अमेरिकाले हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि लगायो प्रतिबन्ध

Newslaya Home

अमेरिकाले हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि लगायो प्रतिबन्ध

शनिबार २४, साउन २०७७

काठमाडौं । हङकङमा चीनले नयाँ सुरक्षा कानून लगाएसँगै अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित १० उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिका अहिले पनि हङकङका नागरिकको स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले लामसहित १० चिनियाँ उच्च अधिकारीलाई प्रतिबन्धको घोषणा गरेको बीबीसीले जनाएको छ । अमेरिकाको प्रतिबन्धमा लामसँगै हङकङका प्रहरी कमिशनर तथा राजनीतिक अधिकारीहरु छन् ।

अमेरिकाले लाममाथि स्वतन्त्रता र प्राजातान्त्रिक अभ्यास सीमित बनाउने चीनको नीति लागू गरेको आरोप लगाएको छ ।

कोरोना भाइरसको महामारी, चीनले उइगर समुदायमाथि गरेको दमन लगायतका विषयलाई लिएर पछिल्लो समय अमेरिका चीनविरूद्ध आक्रामक बन्दै गएको छ ।