विराटनगरमा एकैदिन तीन पत्रकारसहित ५५ जनामा कोरोना पुष्टि

Newslaya Home

विराटनगरमा एकैदिन तीन पत्रकारसहित ५५ जनामा कोरोना पुष्टि

शनिबार २४, साउन २०७७

विराटनगर । विराटनगर महानगरपालिकामा शुक्रबार (हिजो) एकैदिन तीन पत्रकारसहित ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हिजो दिउँसो ३३ जना र साँझ २२ जना गरी ५५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका पत्रकार आफैले फेसबुकमा स्ट्याटस लेखि आफ्नो सम्पर्कमा रहेका साथीहरूलाई सतर्क रहेर कोरोना जाँच गराउन अनुरोध गरेका छन् । कोरोना संक्रमित पत्रकारहरूमा कुनै लक्षण नदेखिएको बताइएको छ ।

विराटनगरमा पछिल्लो समय समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएकाले कोरोनाको जोखिम उच्च रहेको बताइएको छ । त्यसैले सङ्क्रमण दर पनि वृद्धि भइरहेको छ । विराटनगरमा एकैदिन यत्ति धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमितको रिपोर्ट आएको यो पहिलो हो ।