रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

Newslaya Home

रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

शनिबार २४, साउन २०७७

काठमाडौं । रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा परेको रुपन्देही प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये रुपन्देहीकै ओमसतिया गाउँपालिका–४ का २६ वर्षीय देवेन्द्र चौधरीको मात्रै सनाखत भएको छ । बाँकी दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कार चौधरीले चलाएका थिए ।

दुर्घटनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन् । कार सडकबाट करिब १० मिटर तल खसेको छ ।