झापको गैरीगाउँबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ

Newslaya Home

झापको गैरीगाउँबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ

शुक्रबार २३, साउन २०७७

झापा । झापाको मेचीनगर नगरपालिका–७ गैरीगाउँबाट अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

लागूऔषध ब्राउनसुगर जस्तो देखिने ३ ग्राम पदार्थ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरीले बिर्तामोड–५ जात्रुबारी बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।