शुक्रबार १५ महिला सहित मोरङका ६४ जनामा कारोना पुष्टि

Newslaya Home

शुक्रबार १५ महिला सहित मोरङका ६४ जनामा कारोना पुष्टि

शुक्रबार २३, साउन २०७७

विराटनगर । मोरङमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परिक्षण्को क्रममा मोरङको विराटनगरमा २४ पुरुष, ८ महिला, रंगेली नगरपालिकामा २३ पुरुष, ६ महिला, बुढीगंगा गाँउपालिकामा २ पुरुष, र कटहरी गाँउपालिकामा १ महिलामा संक्रमण पोजेटिभ देखिएको हो ।

थपिएका संक्रमित मध्ये कोशी अञ्चल अस्पताल विराटनगरमा २९ जनाको र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३५ जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार ६ सय ९४ जनामा गरिएको परिक्षणमा ६७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्ये ५२ जना पुरूष र १५ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६४ जना, झापामा २ जना र सुनसरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । निको भएर डिस्चार्ज हुनेहरूमा उदयपुरका ४ जना पुरूष र मोरङकी १ महिला रहेकी छिन् । यो संगै प्रदेश एक मा डिस्चार्ज हुनेहरूको संख्या ९ सय १० रहेको छ ।