नेपालमा थप ४६४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २२ हाजार नाघ्यो

Newslaya Home

नेपालमा थप ४६४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २२ हाजार नाघ्यो

शुक्रबार २३, साउन २०७७

काठमाडौं । नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको क्रममा ४६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या २२ हजार दुई सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन् । पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन् ।

कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ । अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् ।

खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको मन्त्रालयले जनाएको छ ।