फेरि बढ्यो सुनको मूल्य

Newslaya Home

फेरि बढ्यो सुनको मूल्य

शुक्रबार २३, साउन २०७७

काठमाडौं । शुक्रबार(आज) सुन तोलामा एक हजारले बढेको छ ।

बिहीबार एक लाख दुई हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला एक लाख तीा हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।