सुनको भाउ बढ्ने क्रम जारी

Newslaya Home

सुनको भाउ बढ्ने क्रम जारी

बिहीबार २२, साउन २०७७

काठमाण्डौ । सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । बिहिबार (आज) तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार (हिजो) तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो । सुन हिजो तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।