धरानमा एकैपरिवारका पाँच जनासहित १२ जनामा कोरोना पुष्टि

Newslaya Home

धरानमा एकैपरिवारका पाँच जनासहित १२ जनामा कोरोना पुष्टि

बिहीबार २२, साउन २०७७

धरान । धरानमा एकै परिवारका पाँच जनासहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पीसीआर रिपोर्टमध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अन्य ८० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका मध्ये ६ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने अन्य ६ जना समुदायका नै हुन् ।

समुदायका संक्रमितमध्ये धरान–३ का एकै परिवारका ५ जनामा संक्रमण पुष्टि भएको हो । यो परिवारमा ८५ बर्षका वृद्धदेखि ७ बर्षका बालकमा पनि पोजेटिभ रिपोर्ट आएको छ ।

यसैगरि, रिपोर्टमा धरान १८ उल्लेख भएको ४० बर्षीया महिलामा पनि पोजेटिभ देखिएको छ ।