भोलिदेखि फेरि सवारीमा जोर विजोर प्रणाली लागू गरिने

Newslaya Home

भोलिदेखि फेरि सवारीमा जोर विजोर प्रणाली लागू गरिने

बुधबार २१, साउन २०७७

काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । तर कोरोना संक्रमणको जोखिम बढेसँगै जोर विजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।