इलाममा थप दुई जनामा कोरोना संक्रमण

Newslaya Home

इलाममा थप दुई जनामा कोरोना संक्रमण

बुधबार २१, साउन २०७७

विराटनगर । इलाममा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको पीसीआर परिक्षणको क्रममा इलामको इलाम नगरपालिका र सुर्योदयका १/१ पुरुषमा कोरोना रिपोर्ट पाजेटिभ देखिएको हो ।

थपिएका संक्रमित मध्ये एक जनाको कोशी अञ्चल अस्पताल विराटनगर र एक जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनतसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १/१ जना गरी १८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो‍सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।