उदयपुरकी एक महिलामा कोरोना संक्रमण देखियो

Newslaya Home

उदयपुरकी एक महिलामा कोरोना संक्रमण देखियो

बुधबार २१, साउन २०७७

विराटनगर । उदयपुरमा थप एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको पीसीआर परिक्षणको क्रममा उदयपुरको त्रियुगाकी १ महिलाको रिपोर्ट पाजेटिभ देखिएको हो ।

प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १/१ जना गरी १८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो‍सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।