मोरङमा चार महिला सहित १४ जनामा कोरोना पुष्टि

Newslaya Home

मोरङमा चार महिला सहित १४ जनामा कोरोना पुष्टि

बुधबार २१, साउन २०७७

विराटनगर । मोरङमा थप चार महिला सहित १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको पीसीआर परिक्षणको क्रममा मोरङको विराटनगरका ६ पुरुष र ४ महिला, सुनबर्षीका ३ र धनपालथानका १ पुरुषमा कोरोना रिपोर्ट पाजेटिभ देखिएको हो ।

थपिएका संक्रमित मध्ये सात जनाको कोशी अञ्चल अस्पताल विराटनगर र सात जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनतसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १/१ जना गरी १८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो‍सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।