आज धरानका एक पुरुषमा कोरोना पुष्टि

Newslaya Home

आज धरानका एक पुरुषमा कोरोना पुष्टि

बुधबार २१, साउन २०७७

इटहरी । सुनसरीको धरानमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परिक्षणको क्रममा धरानका एक पुरुषमा कोरोना रिपोर्ट पाजेटिभ देखिएको हो ।

प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १/१ जना गरी १८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो‍सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।