ओखलढुङगामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

Newslaya Home

ओखलढुङगामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

बुधबार २१, साउन २०७७

ओखलढुङगा । ओखलढुङगाको चिशंखुगढी गाउँपालिका स्थित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सोमबार साँझ ६ वर्षीया बालिकालाई चकलेट दिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा चिशंखुगढी–१ ठुलीबेसी बस्ने १९ वर्षीय लोकराज अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।