सनराइज बैंकको शाखा विराटनगरमा महिला कर्मचारी मृत फेला

Newslaya Home

सनराइज बैंकको शाखा विराटनगरमा महिला कर्मचारी मृत फेला

बुधबार २१, साउन २०७७

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–७ स्थित सनराइज बैंकको शाखा कार्यालयमा एक कर्मचारी मृत फेला परेकी छिन् ।

बैंकको कर्जा विभागमा कार्यरत विराटनगर–८ की ३० वर्षीय सनाज खतिवडा बुधबार मुसा मार्ने बिष सेवन गरेको अवस्थामा फेला परेकी हुन् ।

शौचालयमा मुसाको औषधी हातका लिएको र हात समेत काँटिएको अवस्थाका देखेपछी कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । खतिवडालाई तत्काल नोबेल अस्पतालमा पुर्याएको थियो ।

उपचारको क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

घटनास्थलबाट लुवान नामक विषादी र ब्लेड पनि बरामद गरिएको प्रहरीले जनाएको छ । बैंकको सि.सि. टिभी फुटेज झिकेर घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

ब्लेडले हात काटिएको अवस्थामा भेटिएको उनको शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा पठाइएको छ ।