धरानको शिवधारामा आगलागी हुँदा २ लाख बढीको क्षति

Newslaya Home

धरानको शिवधारामा आगलागी हुँदा २ लाख बढीको क्षति

बुधबार २१, साउन २०७७

धरान । सुनसरीको धरान–१३ स्थित शिवधारामा आगलागी आगलागी भएको छ ।

मंगलबार विद्यार्थी नेता भुपेन्द्र देवानको घरमा आगलागी हुँदा २ लाख ५० हजारको क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

२ दिन देखि बिजुली बिग्रेको कारण मैनबत्ति बालेर सुत्ने क्रममा टिनको छानो भएको भुँइ घरमा आगलागी भएको जनाइएको छ । बालेको मैनबत्ति निभाउन बिर्सिएपछि मैनबत्ति टेबलमा सल्केर हिजो आगलागी भएको हो ।

प्रहरी, दमकल र छिमेकीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको धरानका नगर प्रहरी प्रमुख बिष्णु कोइरालाले जानकारी दिए ।