नेपालमा आज थपिए ३८१ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ६० पुग्यो

Newslaya Home

नेपालमा आज थपिए ३८१ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ६० पुग्यो

बुधबार २१, साउन २०७७

काठमाडौं । नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको क्रममा थप ३८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
थपिएको सहित नेपालमा संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौजमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १३० जना डिस्चार्ज भएका छन् । यो सहित संक्रमित निको भएर घर फर्कनेको संख्या १५ हजार १५६ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ ।

बुधबार थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोाना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६० पुगेको छ ।