सुनको मुल्य हाल सम्मकै उच्च, प्रतितोला १ लाख नाघ्यो

Newslaya Home

सुनको मुल्य हाल सम्मकै उच्च, प्रतितोला १ लाख नाघ्यो

बुधबार २१, साउन २०७७

काठमाण्डौ । बुधबार (आज) नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन एक लाख १ हजार ४ सयमा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

मगंलबार छापावाला सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख ९०० रुपैयामा कारोबार भइरहेको छ ।महासंघकाअनुसार आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।