सुनसरीमा एक महिला सहित १२ जनामा कोरोना पुष्टि

Newslaya Home

सुनसरीमा एक महिला सहित १२ जनामा कोरोना पुष्टि

मङ्गलबार २०, साउन २०७७

इटहरी । सुनसरीमा थप एक महिला सहित १२ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको पीसीआर परिक्षणको क्रममा सुनसरीको दुहवीका ४ जना पुरुष, इटहरीका ३ जना पुरुष र १ जना महिला, धरानका ३ जना पुरुष, इनरुवाका १ जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

थपिएका संक्रमित मध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ जनाको र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जनामा कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको र ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । थपिएका संक्रमित मध्ये मोरङमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ भने आज एक जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत एक जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ। जसमध्ये २ जना मोरङको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।