थप बन्दाबन्दीबारे विज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री

Newslaya Home

थप बन्दाबन्दीबारे विज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री

मङ्गलबार २०, साउन २०७७

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सम्बन्धित विज्ञहरुसँग छलफल गर्दैछन्।

मंगलबार (आज) बालुवाटारमा कोरोना संक्रमण रोकथामबारे छलफल राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । बन्दाबन्दी खुलेपछि विशेषगरी ठूला शहरहरुमा संक्रमण बढेको छ।

राजधानी, वीरगञ्ज, विराटनगर, इटहरी लगायतका शहरमा संक्रमित संख्या बढेको छ। सोमबार मात्रै पनि नेपालमा थप ४१८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित संख्या २० हजार ७५० पुगेको छ भने ५७ जनाको मृत्यु भएको छ।