शरीरमा मट्टितेल खन्याएर आगो लगाउने एक युवकको मृत्यु

Newslaya Home

शरीरमा मट्टितेल खन्याएर आगो लगाउने एक युवकको मृत्यु

मङ्गलबार २०, साउन २०७७

भैरहवा । रुपन्देहीमा आफ्नै शरीरमा मटिट्तेल खन्याएर आगो लगाउने युवकको मृत्यु भएको छ।

देवदहस्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनका सुरक्षागार्ड २४ वर्षीय विपिन बस्यालको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

देवदह प्रहरी चौकीका अनुसार उनले मंगलबार बिहान ३ बजे शरीरमा आगो लगाएका थिए। मृतक बस्याललाई डिप्रेसनबाट पीडित रहेको बताइएको छ। उनी केही दिनअगाडि मात्रै क्वारेन्टिनमा काम गर्न थालेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले छ।