बढ्यो सुनको भाउ

Newslaya Home

बढ्यो सुनको भाउ

मङ्गलबार २०, साउन २०७७

काठमाण्डौ । सुनको भाउ मंगलबार (आज) तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो । यस्तै आज चाँदीको भाउ भने घटबढ नभइ तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।