कोशी अस्पतालमा एक पुरुषको मृत्यु, कोरोना परीक्षण गरिँदै

Newslaya Home

कोशी अस्पतालमा एक पुरुषको मृत्यु, कोरोना परीक्षण गरिँदै

मङ्गलबार २०, साउन २०७७

बिराटनगर । कोशी अस्पताल विराटनगरमा एक पुरुषको मृत्यु भएको छ । स्वास फेर्न समस्या भएपछि गएराति अस्पताल ल्याइएका उदयपुरका एक पुरुषको मृत्यु भएको कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् ।

उनको मृत्युपछि स्वाब लिने तयारी भइरहेको छ । विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दै गर्दा उनको मृत्यु भएको दासले जानकरी दिए ।