बन्धनको स्लोगन प्रतियोगिता, उत्कृष्टलाई उपहार

Newslaya Home

बन्धनको स्लोगन प्रतियोगिता, उत्कृष्टलाई उपहार

मङ्गलबार २०, साउन २०७७

इटहरी । बन्धन सिमेन्टले स्लोगन प्रतियोगीता गर्ने भएको छ । यस प्रतियोगीमा प्रथम हुनेले ३२ इन्च एलइडी टिभी पाउने छन् ।

प्रतियोगितामा सहभागी हुन बन्धन सिमेन्टलाई राष्ट्र निमार्णसँग जोडेर सुहाउँदो स्लोगन लेखि आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर सहित बन्धन सिमेन्टको फेसबुक पेजमा मेसेज पठाउनु पर्ने ब्राण्ड मेनेजर अर्जुन पौडेलले जानकारी दिए ।

उक्त स्लोगन बन्धन सिमेन्टको फेसबुक पेजमा पोस्ट गरिने छ । स्लोगनमा आएको लाइक र शेयरको आधारमा विजेता घोषणा गरिने छ । प्रतियोगितामा प्रथम हुने विजेताले ३२ इन्च एलइडी टिभी, दोस्रो विजेताले होम थिएटर, साउण्ड सिस्टम र तेस्रो विजेताले कफी मेकर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

स्लोगन साउन २५ गते भित्रमा पठाइसक्नु पर्ने समेत पौडेलले जनाए । विजेताको घोषणा भने भदौ १० गते बन्धन सिमेन्टको फेसबुक पेजमार्फत गरिने पौडेलले बताए ।

बन्धन सिमेन्ट प्रदेश १ मा निकै लोकप्रिय बन्दै आएको सिमेन्ट हो ।उत्पादनको सुरुवातदेखि नै आक्रामक बजार विस्तार गरिरहेको कम्पनिको सिमेन्ट समेत गुणस्तरीय भएकोले लोकप्रिय भइरहेको छ । सिमेन्टको उत्पादनमा आफूहरुले गुणस्तर मेन्टेन गरेकोले ग्राहकहरुको विश्वास जितेको कम्पनीका अध्यक्ष मनिषकुमार मारुले जानकारी दिए ।

अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पिएससी गरी दुई किसिमको सिमेन्ट उत्पादन हुँदै आएको छ । कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ । यो सिमेन्ट सर्वाधिक मजबुत रहेको र वातावरण मैत्री रहेको कम्पनिको दावी छ । बजारमा पाइने अन्य सिमेन्टको तुलनामा मजबुतीका साथै सुलभताका कारण पनि ग्राहकहरुको मन जित्न सफल छ ।