दुहवी नगरपालिकाको कर्मचारीसहित चार जनामा कोरोना पुष्टि

Newslaya Home

दुहवी नगरपालिकाको कर्मचारीसहित चार जनामा कोरोना पुष्टि

मङ्गलबार २०, साउन २०७७

सुनसरी । दुहवी नगरपालिकाको कर्मचारीसहित चार जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

दुहवीको स्वाब संकलन गरि विपी कोईराला स्वास्थ्य बिज्ञान धरानमा परिक्षण गर्दा संक्रमण पोजेटिप आएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देशर प्रसाद महतोले जानकारी दिएका हुन् ।

दुहवी नगरपालिकाका ५३ बर्षीय एक कर्मचारी र वडा नम्बर ४ र ५ का २४, ३३ र ६० बर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख महतोले बताए । संक्रमितलाई उपचारका लागि गोठगाउँ लैजाने तयारी भैरहेको छ ।