इटहरीमा कोरोनाको जोखिम उच्च, पीसीआर परीक्षणका लागि स्वाव संकलनलाई तिव्रता

Newslaya Home

इटहरीमा कोरोनाको जोखिम उच्च, पीसीआर परीक्षणका लागि स्वाव संकलनलाई तिव्रता

मङ्गलबार २०, साउन २०७७

इटहरी । इटहरी उपमहानगरमा कोरोना पीसीआर परीक्षणका लागि स्वाव संकलनलाई तिव्रता दिइएको छ ।

संक्रमितका सम्पर्कमा आएका ब्यक्तिहरु, उपमहानगरका जनप्रतिनिधि र कर्मचारीहरु तथा प्रत्येक वडावाट तत्काललाई दश दश जनाको गरेर स्वाव संकलन गरिदैछ । परीक्षणको दायरालाई अझ बढाइने भएको छ ।

साउन १५ गते ७८ जना, १६ गते ७२ जना, १७ गते ६६ जना, १८ गते ५६ जना र हिजो १९ गते ८० जना गरि १५ गते यता मात्र ३ सय ५२ जनाको स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको छ । त्यसमध्ये पछिल्लो पुष्टि भएका फर्निचर उद्योगका काम गर्ने इटहरी–५ का एक ब्यक्तिसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।