प्रदेश १ मा आज मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

प्रदेश १ मा आज मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार १९, साउन २०७७

विराटनगर । प्रदेश १ मा आज (सोमबार) ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयको जानकारी अनुसार मोरङमा एकैदिन ४६ जना संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये महिला १८ र पुरुष ३९ रहेका छन् । मोरङका मात्र ४६ जनामा कोरोना पोजेटिभ देखिएको हो । सुनसरीमा ५ र झापामा ६ संक्रमित थपिएका छन् । सुनसरीको इटहरीमा ३, इनरूवामा १ र धरानमा १ जना संक्रमित थपिएका छन् ।

यस्तै, झापाको विर्तामोडमा १ र अर्जुनधारामा ५ जना संक्रमित रहेको सामाजिक विकास मान्त्रालयले जानकारी दिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या १ हजार १ सय २८ पुगेको छ । यस्तै, डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।