लगानी बोर्डको सिईओमा सुशील भट्ट

Newslaya Home

लगानी बोर्डको सिईओमा सुशील भट्ट

सोमबार १९, साउन २०७७

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले व्यवस्थापन, बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा.सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो । यी तीनबाट मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो ।