विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु

Newslaya Home

विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु

सोमबार १९, साउन २०७७

विराटनगर । विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार बिहान श्वासप्रश्वासमाको समस्या लिएर अस्पताल आएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको हो ।

उनमा कोरोनाको शंका लागेर आजै स्वाब संकलन गरि आइसोलेशनमा राखेर उपचार थालिएको थियो । उनको भर्ना भएकै दिन उपचारको क्रममा मृत्यु भएको र परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलले जानकारी दिए ।

बृद्ध घरमै रहेको र उनको ट्राभल हिस्ट्री नभएको बताइएको छ । कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको पहिलो घटना हो ।
यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

कोरोना संक्रमितको मृत्यु भएपछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने अस्पतालले जानकारी दिएको छ ।