आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा

Newslaya Home

आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा

सोमबार १९, साउन २०७७

काठमाडौं । आज जनैपूर्णिमा अर्थात् क्वाँटी खाने दिन । परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन अधिकांशको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर बनाएको परिकार क्वाँटी हो ।

चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । यस्ता छन् क्वाँटीका फाइदाः

– कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।

– मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ ।

– यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।

– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।

– यो सजिलै पाच्य हुन्छ ।

– पेटमा अनावश्यक वायु बनाउँदैन ।

– क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

– रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।

– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।

– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।

– पाचनशक्तिमा सुधार ल्याउँछ ।

– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ । शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ । जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ । यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ ।