घूससहित पक्राउ परेका इटहरीका लेखा अधिकृतविरुद्ध मुद्दा दर्ता

Newslaya Home

घूससहित पक्राउ परेका इटहरीका लेखा अधिकृतविरुद्ध मुद्दा दर्ता

आइतबार १८, साउन २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनलाई रू.६५ हजार घूस लिएको अभियोगमा मुद्दा दायर गरेको हो । इटहरी उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग घूस माग गरेको आरोप छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेलविरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ ।