करेन्ट लागेर एक युवकको मृत्यु

Newslaya Home

करेन्ट लागेर एक युवकको मृत्यु

आइतबार १८, साउन २०७७

रौतहट । रौतहटको राजदेवी नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

राजदेवी–८ लक्ष्मीपुर टोल निवासी रामलक्षण राय यादवको अंदाजी १७ वर्षीय छोरा दिलबन्दु यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफनै घरको हैण्डपाईमा जोडिएको मोटरमा बिधुतीय करेन्ट प्रवाह भएको थियो ।

पानी थाप्ने क्रममा आज (आइतबार) बेलुका ५ बजे रेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको र घटना बारे अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।