इनरुवामा सवारी दुर्घटना हुँदा धरानका एक व्यक्तिको मृत्यु

Newslaya Home

इनरुवामा सवारी दुर्घटना हुँदा धरानका एक व्यक्तिको मृत्यु

आइतबार १८, साउन २०७७

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–४ मा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आज दिउँसो को १ च ८३०१ नम्बरको पिकअपले को २८ प ४२७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक धरान निवासी ४० वर्षीय दीपक मगरको मृत्यु भएको हो ।

मगरको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।