नेपालमा आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

नेपालमा आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार १८, साउन २०७७

काठमाडौं । नोपलमा थप २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतबार देशभरका विभिन्न प्रयोगशालामा गरिएकधो पीसीआर परिक्षणको क्रममा थप २४६ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा १११ डिस्चार्ज भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ६०३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो । नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५७ पुगेको छ।