इटहरीको बेदान्त हस्पिटलले ८० बर्ष भन्दा माथिका बिरामीलाई विशेष सुविधा दिने

Newslaya Home

इटहरीको बेदान्त हस्पिटलले ८० बर्ष भन्दा माथिका बिरामीलाई विशेष सुविधा दिने

आइतबार १८, साउन २०७७

इटहरी । सुनसरीको इटहरी स्थित रहेको बेदान्त हस्पिटलले ८० बर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

हस्पिटलले ८० बर्ष भन्दा माथि उमेरका नागरिकको स्वास्थ्य जाँच गर्दा डाक्टरको शुःल्क निःशुल्क गर्ने, बेड भर्ना, ल्याब टेष्ट लगायतमा २५ प्रतिसत छुट गर्ने भएको हो ।

जेष्ठ नागरिकहरु उपचारबाट बञ्चित हुन नदिनका लागि उक्त सुविधा ल्याईएको बेदान्तका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले बताए । गरीब, असहायका लागि पनि डाक्टरको फि निःशुल्क गरिएकोे र औषधीमा भने १० प्रतिसत छुट दिइने समेत बताइएको छ ।

जस्तोसुकै परिस्थितिमा पनि नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले हस्पिटलले दैनिक फिजिसियन, हाड जोर्नी तथा नशा रोग ,बाल तथा नबजात शिशु रोग , छाला तथा योन रोग, स्त्री तथा प्रसुती रोग, भिडियो एक्स रे, २४ सै घन्टा इमर्जेन्सी, फार्मेसी, डिजिटल एक्सरे, प्लास्टर, माइनर ओ टि , ल्याब सेवा सञ्चालन गर्दै आएको छ ।