विराटनगरमा नापीका खरिदार र कारागारमा पनि देखियो संक्रमण, आज १३ जनामा कोरोना पुष्टि

Newslaya Home

विराटनगरमा नापीका खरिदार र कारागारमा पनि देखियो संक्रमण, आज १३ जनामा कोरोना पुष्टि

आइतबार १८, साउन २०७७

विराटनगर । विराटनगरमा नापी कार्यालयका कर्मचारी र कारगारमा पनि कोरोना संक्रमण देखिएको छ ।

आइतबार नापी कार्यालय विराटनगरका कर्मचारी र विराटनगरस्थित मोरङ कारागारका दुई जना सहित विराटनगरका मात्रै १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

नापी कार्यालयका खरिदार र एक सुरक्षागार्डलाई संक्रमण देखिएको हो । कारागारका भने सुरक्षाकर्मी हुन वा कैदी भन्ने खुल्न बाँकी रहेको जनाइएको छ । थपिएका संक्रमित मध्ये ७ महिला र ६ पुरुष रहेको सामाजक विकास मन्त्रालयले जनाएको छ ।

मोरङ जिल्लामा आइतबारै १७ जनाको पोजेटिभ रिर्पोट आएको छ । थपिएका मध्ये विराटनगरका १३ जना, कटहरी गाउँपालिकाका दुई जना, बुढीगंगा गाउँपालिकाका एक जना र ग्रामथान गाउँपालिकाको एक जनामा कोरोना देखिएको हो ।

विराटनगरमा कोरोना संक्रमितको संख्या १२१ जना पुगि सकेको छ । संक्रमण समुदायस्तरमा गएको निक्र्योलपछि महानगर क्षेत्रमा शनिबार मध्यरातदेखि १५ दिनको लागि लकडाउन घोषणा गरिएको छ ।