झाडापखाला लागेका बिरामीको पनि कोरोना परीक्षण गरिने

Newslaya Home

झाडापखाला लागेका बिरामीको पनि कोरोना परीक्षण गरिने

आइतबार १८, साउन २०७७

काठमाडौं । अबदेखि झापापखाला लागेका बिरामीमा पनि कोरोना संक्रमण भए नभएको परीक्षण गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गर्दै ज्वरो, कफ, श्वासप्रश्वास र झाडापखालाजस्ता समस्या भोगिरहेका तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिमा कोरोना परीक्षण गरिने जनाएको छ।

साथै, बाहिरबाट आएर ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा बसिसकेका व्यक्तिहरूमा पनि परीक्षण गरिनेछ। नयाँ निर्देशिकाअनुसार अबदेखि कोरोना संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर तथा एन्टीजेनमा आधारित द्रुत परीक्षण र निगरानी तथा खोजीको उद्देश्यका लागिसेरोलोजी परीक्षण विधि अपनाइनेछ।

मन्त्रालयले जारी गरेको निर्देशिकामा कोरोना परीक्षणका लागि विभिन्न १० वटा मापदण्ड निर्धारण गरेको छ।