बराहक्षेत्रका एक जनामा कोराना संक्रमण

Newslaya Home

बराहक्षेत्रका एक जनामा कोराना संक्रमण

आइतबार १८, साउन २०७७

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रका एक जना युवामा कोरोना पोजेटिभ देखिएको छ ।

बिहिवार बराहक्षेत्रभरिका ४१ जना व्यवसायिहरुको कोरोना परीक्षण गर्दा आईतबार एक जना व्यवसायिमा कोरोना पोजेटिभ देखिएको हो । बराहक्षेत्र –८ घर भएका पुरुषलाई कोरोना पोजेटिभ पुष्टि भएको बराहक्षेत्र स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएका युवाका ससुरा लकडाउनकै समयमा विदेश बाट आएका र उनि ससुराली आउजाउ गर्ने गरेका थिए । कोरोना पुष्टि भएसँगै बराहक्षेत्रमा उच्च सतर्कता अपनाईएको छ ।