कोरोना भाइरसका कारण भारतीय मन्त्रीको मृत्यु

Newslaya Home

कोरोना भाइरसका कारण भारतीय मन्त्रीको मृत्यु

आइतबार १८, साउन २०७७

काठमाण्डौ । भारतको उत्तर प्रदेशमा क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरानाभाइरस संक्रमणका कारण निधन भएको छ ।

कमलाको लखनउमा रहेको अस्पतालमा उपचार भइरहेको थियो । आइतबार(आज) विहान उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् । उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कमला रानी उत्तर प्रदेश सरकारकामा प्रविधि तथा शिक्षामन्त्री थिइन् । उनले २०१७ मा भाजपाबाट निर्वाचन जितेकी थिइन् ।