झापाको अर्जुनधारामा पाँच दिनका लागि लकडाउन

Newslaya Home

झापाको अर्जुनधारामा पाँच दिनका लागि लकडाउन

आइतबार १८, साउन २०७७

झापा। झापाको अर्जुनधारा नगरपालिकाले पाँच दिनका लागि लकडाउ नगरेको छ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को बसेको बैठकले कोरोना भाइरसको थप संक्रमण हुन नदिन आइतबार (आज) बिहानदेखि २२ साउनसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

केही दिनअघि अर्जुनधारा–१ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको जानइएको छ ।

लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ। तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन्। त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ।

बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ।