सुनको भाउ तोलाको झण्डै एक लाख

Newslaya Home

सुनको भाउ तोलाको झण्डै एक लाख

आइतबार १८, साउन २०७७

काठमाण्डौ । सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ ।

आइतबार (आज) तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।